Friday 25 May 2012

letest news & headline News & dailyLatest Nepali He Video अब भ्रष्टाचार मुद्दामा नि सर्वोच्चलाई जगाउनु पर्‍यो

सर्वोच्च अदालतले संविधान सभाको म्याद सकिन चार दिन बाँकी रहँदा म्याद थप्न पाइन्न, जेठ १४ मै संविधान जारी गर्नू भनी आदेश दिएको फैसलाको सर्वत्र चर्चा छ। ६०१ र संविधान सभा शब्द सुन्यो कि एलर्जी हुने सबैलाई यो फैसलाले खुसी बनाएको छ। जनचासोका अधिकांश मुद्दामा ‘आलटाले’ शैलि अपनाई फैसला लम्ब्याउने विगत देखिआएकाले यो मुद्दामा पनि त्यस्तै हुनसक्ला कि भन्ने शंका थियो। तर यस पटक सर्वोच्चले दरिलो फैसला गर्‍यो। यसले आफ्नो शक्ति देखाएकै हो। राजाको प्रत्यक्ष शासनकालमा एफएममा समाचार पढ्न नदिने, शाही आयोग खारेज गर्ने जस्ता निर्णय गरी निरंकुशतालाई न्यायिक चुनौति दिने काम पनि सर्वोच्चले नै गरेको थियो। तर कतिपय मुद्दामा भने यसको आलटाले शैलीले तत्काल निकासमा समस्या बल्झाउने काम गरेका उदाहरण छन्। my sansar

No comments:

Post a Comment

Hollywood movies Recent Hindi Movies