Thursday 24 May 2012

पूर्व नायब सुब्बा केशवराज गौतमलाई सर्वोच्च अदालतले भ्रष्ट्रचारी ठहर


यसअघि २०६२ फागुन ११ मा विशेष अदालतका अध्यक्ष भूपध्वज अधिकारी सदस्यहरु र्न्यायाधीशद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको इजलासले गौतमले ५१ लाख ७२ हजार १६ रुपैयँ ७९ पैसा बराबरको चलअचल सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै बिगोबमोजिम त्यति नै रकम जरिवाना र एक वर्षकैद गर्न फैसला गरेको थियो। सर्वोच्चको फैसलामा गौतमको लकरबाट बरामद भएका चोकोफोन आकारका २२ टुक्रा सुन र सुनका असर्फी थान ८ को प्रकृति हर्दा गरगहनाको रुपमा प्रयोग हुने अवस्थामा नरहेको र उनको नाममा विभिन्न बैंकमा उल्लेख्य नगद मौज्दातसमेत रहेकाले उक्त सुन कानुनबमोजिमको आयबाट खरिद गरेको भनी मान्न मिल्ने अवस्था देखिदैन भनिएको छ।

गौतमले २०५५ मा भन्सार विभागमा पेस गरेको सम्पत्ति विवरणमा लकरमा रहेको उपरोक्त परिमाणको सुनबारे उल्लेख गरेका थिएनन्। त्यसलाई कारण मान्दै सर्वोच्चले ३४ लाख ३९ हजार ८ सय ८७ रुपैयँ बराबरका सुनका टुक्रा तथा असर्फी स्रोत पुष्टि नभएको सम्पत्ति ठहर गरेको छ। त्यस्तै गौतमले २०३९ साउन १५ मा १ लाख ५० हजारमा भक्तपुरस्थित ठिमीको कि।नं। ९७८ को हाल कि।नं। १६३१, १६३२ को ८ रोपनी ४ आना १ फैसा जग्गा खरिद गरेको स्रोत कतैबाट पुष्टि हुने नदेखिएको पनि फैसलामा छ । frm dc

No comments:

Post a Comment

Hollywood movies Recent Hindi Movies